काठमाडौं । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो विकेट गुमाएको छ ।
ओपनर आसिफ शेखलाई ८ रनमा गुमाएको नेपालले कप्तान रोहित पौडेललाई पनि ८ रनमा नै गुमाएको छ ।
कप्तान रोहितलई इश्वारजोत सोहीले आउट गरेक थिए । त्यसअघि पहिलो विकेटका रुपमा आसिफ शेखलाई उदय भगवानले आउट गरेका थिए ।
नेपालका लागि ओपनर कुशल भुर्तेल अहिले अर्धशतक बनाएर खेलिरहेका छन् । कुशलले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा अर्धशतक पुरा गरे। उनले ८ चौका र १ छक्का सहित १४औ ओभरको चौथो बलमा चौका प्रहार गर्दै अर्धशतक पुरा गरेक थिए ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।




















प्रतिक्रिया