काठमाडौं । त्रिवि मैदानमा नेपाल र क्यानाडाबीच क्रिकेट म्याच भइरहँदा दर्शकले सन्दीप लामिछानेको नाम लिँदै हुटिङ गरेका छन्। खेल चलिरहँदा दर्शकले सन्दीप लामिछानेको खोजी गर्दै हुटिङ गरेका थिए।
त्यस क्रममा सात जनालाई प्रहरीले मैदानबाट निकालेको छ। ‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरीले हस्तक्षप गरेको थियो। दर्शकले बोकेका केही ब्यानर पनि प्रहरीले खोसेको छ।
सन्दीपको स्थानमा आज सूर्य तामाङले खेलिरहेका छन्।




















प्रतिक्रिया