Logo

अर्थ

माछापुच्छ्रे बैंकद्वारा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण



काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ ।

क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले संयुक्त रुपमा उक्त प्रोजेक्टर हस्तान्तरण गरेका छन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरुको पढाइ र सिकाई क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि मल्टिमिडिया प्रोजेक्टर क्याम्पसलाई प्रदान गरेको हो ।

बैंकले बैंकिङ्ग सेवाको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १६:१८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।