Logo

शिक्षा

गायन प्रतियोगितासहित नवोदय स्कुलले मनायो सरस्वती पूजा



काठमाडौं- डोटीको जोरायल गाउँपालिका-५ गडसेरास्थित नवोदय माद्यामिक विद्यालयले फरक ढंगबाट सरस्वती पूजाको आयोजना गरेको छ। विद्यालयमा सांगीतिक कार्यक्रम र गीत गायन प्रतियोगिताको आयोजना गर्दै सरस्वती पूजा मनाइएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज भट्टको अध्यक्षता सम्पन्न प्रतियोगितामा विद्यालयकी छात्रा कल्पना रावल प्रथम भएकी थिइन्। प्रतियोगितामा लीला विष्ट द्वितीय र विश्वास सार्की तृतीय भएका थिए।

उनीहरूलाई सोही समारोहमा पुरस्कारसमेत प्रदान गरिएको थियो। कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष ध्वजबहादुर देउवाको प्रमुख अतिथि रहेका थिए। प्रधानाध्यापक  हर्क रानाले स्वागत गरेको कार्यक्रममा विद्यालयको जग्गादाताका प्रतिनिधिसमेत रहेका वरिष्ठ पत्रकार मुकुन्द भण्डारीले आफ्नो धारणा राखेका थिए। भण्डारी सोही विद्यालयका पूर्व विद्यार्थीसमेत हुन्।

विद्यालयका पूर्व प्रधानाध्यापक फणीन्द्र खडायतलगायतले विद्यालयले फरक ढंगबाट सरस्वती पूजा आयोजना गरेको भन्दै खुसी व्यक्त गरे।

 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १४:४३   :  बजे

327
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।