काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा १० ओभर भित्रै ४ विकेट गुमाएको नेपाल दबाबमा परेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ९.३ ओभरमा २५ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ ।
रोहित ९.३ ओभरमा १३ बलमा एक रनमा बोल्ड आउट भए । रोहितलाई ज्याक ब्रासेलले आउट गरे । नेपालले तेस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमायो । उनी ३.५ ओभरमा ४ रनमै आउट भए । आसिफलाई १८ वर्षीय युवा तीव्र गतिका बलर ज्याक ब्रासेलले क्याच आउट गराए । नेपालले दोस्रो विकेटको रूपमा अनिल साहलाई गुमायो ।




















प्रतिक्रिया