काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पाँचौँ सफलता हात पारेको छ । सोमपाल कामीले २ रन बनाएका जेन ग्रिनलाई आउट गरेका हुन् ।
यसअघि एकै ओभरमा दुई विकेट लिएका थिए । उनले पहिलो कप्तान जेरहार्ड इरासमसलाई ८ रनमा आउट गरे भने अन्तिम बलमा ३४ रन बनाएर जान फ्राइलिंकलाई आफ्नो शिकार बनाए ।
यसअघि ललित राजवंशीले २३ रन बनाएका ओपनर माइकल भान लिनगेन र निकोलस डाविनलाई १५ रनमा आफ्नो शिकार बनाएका थिए । नामिबियाले २४.१ ओभरमा ५ विकेटको क्षतिमा ८४ रन बनाएको छ ।




















प्रतिक्रिया