Logo

खेलकुद

दीपेन्द्रसिंह ऐरी आज फर्कंदै, नेदरल्यान्डविरुद्ध खेल्ने उच्च सम्भावना



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी शुक्रबार यूएईबाट नेपाल फर्कने भएका छन् ।

यूएईमा जारी आइएलटि २० मा गल्फ जायन्टसमा अनुबन्धित दीपेन्द्र टोली फाइनलमा पुग्न नसक्दा शुक्रबार नेपाल फर्कने भएका हुन् ।

जायन्टसले बिहीबार राती भएको दुबई क्यापिटल्ससँगको दोस्रो क्वालिफायरमा ९ विकेटको हार बेहोरेको थियो । दीपेन्द्र शुक्रबार राती नेपाल आइपुग्ने तालिका रहेको छ ।

नेपालले सिरिजको दोस्रो खेल शनिवार नेदरल्यान्डसँग खेल्नेछ ।

आइएल टी-२० खेल्न गएका कारण आईसीसी लिग-२ अन्तर्गत पहिलो सिरिजको पहिलो खेल गुमाएका दीपेन्द्रले दोस्रो खेल खेल्ने उच्च सम्भावना छ ।  तर टोलीले उनको विश्रामको अवस्था हेरेर खेल्ने वा नखेल्ने निर्णय लिनेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १२:१०   :  बजे

339
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।