Logo

खेलकुद

नामिबियाविरुद्ध आशिफ शेखको अर्धशतक



काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

५५ बलमा एक छक्का र ८ चौका मद्दतमा उनले ५० रन पूरा गरेका हुन् । ४७ रनका साथ स्ट्राइकमा रहेका उनले १६.५ ओभरमा छक्का छक्का प्रहार गरेसँग ५३ रन पुर्‍याएका हुन् ।

अहिले नेपालले तीन विकेट गुमाएर ९१ रन बनाएर खेलिरहेको छ । यसअघि नेपालले कुशल भुर्तेललाई १८, अनिल र देव खनाललाई शून्य रनमै गुमाएर दबाबमा परेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार ११:००   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।