Logo

खेलकुद

एसीसी प्रिमियर कपमा नेपाल र हङकङ एकै समूहमा



काठमाडौं । ओमानमा अप्रिल तेस्रो साता सुरु हुने एसीसी प्रिमियर कपको समूह विभाजन सार्वजनिक भएको छ ।

एसियाली क्रिकेट परिषद (एसीसी)ले आइतबार सार्वजनिक गरेको खेल तालिकाअनुसार समूह ए मा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी समूह ए मा रहेका छन् ।

समूह बी मा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । टी२० फर्म्याट हुने यस प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग १२ अप्रिलमा खेल्नेछ ।

अप्रिल १२ देखि २१ सम्म चल्ने प्रतियोगितामा नेपालले पहिलो खेल मलेसिया, दोस्रो खेल कतारसँग खेल्नेछ । तेस्रो खेल हङकङसँग खेलेपछि समूहको अन्तिम खेल १७ अप्रिलमा साउदीसँग हुनेछ ।

दुवै सेमिफाइनल १९ अप्रिलमा छ । फाइनल खेल २१ अप्रिलमा रहेको छ । २२ अप्रिल रिजर्भ डे पनि राखिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १३:४५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।