काठमाडौं । त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत नेपालविरुद्ध पहिलो खेलमा नामिबियाका जेरार्ड एरास्मस नखेल्ने भएका छन् ।
एरास्मस अनुपस्थित हुँदा नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर पहिलो ब्याटिङ रोजेका छन् । नेपालले पहिलो फिल्ड गर्ने भएको छ ।
नेपालले आज आफ्नो प्लेइङ ११ मा प्रमुख स्पिनर खेलाएको छैन । प्रमुख स्पिनरको रुपमा ललित राजवंशी खेल्दै आएका थिए । तर ललित आज बेञ्चमा छन् । नेपालको टोलीमा ओडीआई टोलीमा नरहेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ-११ मा छन् ।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।
नामिबियाको प्लेइङ ११
जेन ग्री, माइकल भान लिंगेन, जान निकोल लोफ्टी, निकोलस फ्रेलिंक, रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ(कप्तान), टांगेनी लुंगामेनी, बेर्नार्ड स्ल्कोट्ज, जेपी कोट्जी, मलान क्रुगर र पिटर ।




















प्रतिक्रिया