काठमाडौं । नेपाल क्रिकेट संघ क्यान (क्यान)को आयोजनामा आजदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टी-२० क्रिकेट त्रिकोणात्मक श्रृंखला भइरहेकाे छ । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी उक्त टी-२० श्रृंखला डिस होमको एक्सन स्पोर्टस एचडी वानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गरिरएको डिस होमले त्रिकोणात्मक टी-२० सिरिज पनि प्रशारण गर्ने सोमबार जानकारी गराएको हो ।
एक्सनस्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण भएको थियो ।
टी-२० सिरिज अन्तर्गत मंगलबार(२७ फेब्रुअरीमा) नेपालले नामिबियासँग खेल्ने छ भने २८ फेब्रुअरीमा नेदरल्याण्ड्ससँग खेल्ने छ ।
यसैगरी २९ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स भिड्दा मार्च १ तारिखमा नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन् । त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको दोस्रो भेट मार्च २ हुनेछ । तीन मध्ये शीर्ष २ ले उपाधिका लागि मार्च ३ मा खेल्ने छन् । सबै खेल विहान साढे ११ बजेदेखि सुरु हुने छन् ।




















प्रतिक्रिया