Logo

खेलकुद

नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्याण्ड्सले जितका लागि नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो । उसका लागि मिचेल लेभिटले १३५ रन बनाए ।

जारी शृङ्खलामा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सर्वाधिक रन हो ।

आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ६२ बलको सामना गरी १० छक्का र ११ चौकाका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि अर्धशतकी पाली खेले । उनले केवल ४० बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काए ।

तेजा निदामनुरुले पनि टोलीको खातामा १८ रन थपे । नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १३:२२   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।