Logo

खेलकुद

नामिबिया नेदरल्यान्ड्ससँग पराजित



काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको छ ।

पहिलो खेलमा नेपाललाई २ रनले हराएको नेदरल्यान्ड्सले लगातार दोस्रो जितका साथ फाइनल सम्भावना बलियो बनाएको छ ।

जितको लागि २४८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो । जेन ग्रीन र जान फ्रिलिंकले समान ४२-४२ रन जोडे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४७ रन जोडेको थियो । लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १ सय ३५ रन बनाए । त्यस्तै साइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७५ रन जोडे ।

टियु क्रिकेट मैदानमा टि-२० क्रिकेटमा बनेको यो नै सबैभन्दा ठूलो योगफल हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १५:४४   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।