Logo

भारतीय सेनाध्यक्ष नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतम पक्राउ



भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह नेपाल आउँदैछन् । नेपाल–भारत सिमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण उनको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाइएको छ । 

नेपालको औपचारिक भ्रमणमा आउने नरवणेलाई ‘कालो झण्डा देखाउने’ अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई पक्रेको छ । 

भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका छन् । गौतमलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार ०९:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।