Logo

अपराध

जापान पठाइदिने भन्दै करोड बढी ठगेको आरोपमा दुईजना पक्राउ



काठमाडौं । आकर्षक तलबमा जापान पठाइदिने भन्दै करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तेह्रथुम घर भई हाल काठमाडौं बस्ने ४० वर्षीय सुरज पंधाक लिम्बु र सोलुखुम्बु घर भई काठमाडौं बस्ने कमलबहादुर पुलामी मगर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनीहरूमाथि निको प्रोजेक्टअन्तर्गत जापानमा गुम्बा निर्माण गर्न कामदाल लैजाने भनी २५० जनाभन्दा बढीलाई ठगी गरेको आरोप छ ।

प्रहरीका अनुसार उनीहरूले प्रतिव्यक्ति १४ लाख लाग्ने भनी ठगी गरी सम्पर्कविहीन भएको उपरीक्षक कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार २०:१०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।