Logo

प्रमुख समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिद सम्बन्धी अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको हो।

सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित र समयसापेक्ष बनाउन सरकारले कानुनी जटिलता फुकाउन अध्यादेशको बाटो रोजेको हो।

यसअघि राष्ट्रपति पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका थिए। सरकारले सिफारिस गरेको अन्य अध्यादेश पनि जारी गर्ने तयारीमा राष्ट्रपति रहको स्रोतले बतायो।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार २०:२७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।