Logo

खेलकुद

नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै



काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिजको नामिबियाविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

कीर्तिपुर मैदानमा नामिबियाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् ।

सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग हार ब्यहोरेको थियो ।

नेपालको प्लेइङ ११

अनिल शाह, आसिफ शेख, रोहित पौडेल(कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ११:१७   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।