Logo

खेलकुद

हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली घोषणा, काे-काे परे ?



काठमाडौं । हङकङमा हुने टी-२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । क्यानले रोहित पौडेलको कप्तानीमा केही नयाँ खेलाडी समेटेर १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल पनि यसपटक टिममा परेका छन् ।

हङकङमा यही मार्च १० देखि १३ सम्म नेपाल, हङकङ र पिएनजीबीचमा श्रृंखला हुने छ । आगामी टी-२० विश्‍वकपको तयारी स्वरुप यस श्रृंखला खेल्न लागिएको हो । टी-२० विश्‍वकपमा पिएनजी पनि खेल्दै छ ।

नेपालले मार्च १० मा टी-२०आई श्रृंखलाको पहिलो खेलमा हङकङसँग, मार्च ११ मा दोस्रो खेलमा पिएनजीसँग खेल्ने छ। मार्च १३ मा शीर्ष २ टोलीले फाइनल खेल्ने छन् ।

नेपाली टोली :

रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द , अविनाश बोहोरा ।

 

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १०:२७   :  बजे

450
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।