Logo

खेलकुद

नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ नेपालले पूरै ओभर खेलेर ८ विकेट क्षतिमा १८४ रन बनाएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले ४७ रनको योगदान गरे। उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए ।

गुल्सन झाले २५ बलमा ३ छक्का प्रहार गर्दै ३४ रन बनाए। कुशल मल्ल ११ बलमा २६ रन बनाएर आउट भए । उनले एकै ओभरमा ३ छक्का हानेका थिए ।

कप्तान रोहित कुमार पौडेल २५ र कुशल भूर्तेलले २० रन बनाए। करण केसी ९ र दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए । आरिफ शेख भने डकआउट भए । सोमपाल कामी र प्रतिश जिसी भने ६–६ रनमा अविजित रहे ।

नेदरल्याण्ड्सका लागि फ्रेड क्लासेन, माइकल लेभिट, टिम भान देर गुग्टेन र साइब्राण्ड एन्गलब्रेचले २–२ विकेट लिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १३:१४   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।