Logo

खेलकुद

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने



काठमाडौं । हाल हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबारको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले आइतबार हङकङविरुद्धको खेलमा टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी सहभागी छ । यसअघि शनिबार खेलिएको मैत्रीपूर्ण खेलमा नेपाली टोली पराजित भएको थियो । उक्त खेलमा घरेलु टोली हङकङले नेपाललाई ७३ रनले हराएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार ११:१२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।