Logo

खेलकुद

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द



काठमाडौं । पानी परेपछि दुई पटक रोकिएको नेपाल र हङकङबीचको खेल रद्द भएको छ ।

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो ।

नेपालका करण केसी र गुलसन झाले एक–एक विकेट लिए । नेपाल फ्रेन्डसिप कपको एकमात्रै खेलमा हिजो हङकङसँग ७३ रनले पराजित भएको थियो । सिरिजमा नेपालले मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १४:२८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।