Logo

अर्थ

निरन्तर ओरालो लाग्दै सेयर बजार



काठमाडौं । सोमबार पनि सेयर बजार  ओरालो लागेको छ । नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ को विन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा ३१५ कम्पनीको ७२ लाख ९० हजार २ सय कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र माइखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । महुली लघुवित्तका लगानीकर्ताले ९ दशलमव ४४ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रेजेन्सीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले गुमाएका हुन् ।

सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १५:२७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।