काठमाडौं । नेकपा (एमाले)का सांसद तारा लामा तामाङले उखु किसानलाई तत्काल अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद तामाङले सरकारले उखु किसानलाई प्रतिक्युन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउँदै आए पनि कञ्चनपुरमा सात सय किसान छुटेको बताए ।
उनका अनुसार प्रतिक्वीन्टल ७० रुपैयाँका दरले २६ करोड ३४ लाख ९५ हजार ३८७ बाँड्दा पनि उखु किसान छुटेका हुन्। ‘माग गरिएकामध्ये दुई सय ५६ जना छुटेका छन् । त्यसबाहेक ४५० गरी करिब सात सय किसानलाई यथाशीघ्र अनुदान निकासा होस्,’ उनले भने।
सांसद तामाङले आगामी आवदेखि उखु किसानलाई स्थानीय तहमार्फत् अनुदान उपलब्ध गराउन सरकारलाई सुझाव दिए ।




















प्रतिक्रिया