काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जरमा जाने भएका छन् । दुवै संस्थाबीच गाभ्ने गाभिने (मर्जर) कार्यका लागि चैत १८ गते आइतबार साझ ५ बजे अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको हो ।
लामो समयदेखि दुई संस्थाबिच मर्जरको गृहकार्य पश्चात आइतबार अन्तिम सहमति भएको हो । उक्त सम्झौताको बोधार्थ नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतलाई जानकारी दिइएको छ ।




















प्रतिक्रिया