Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । सेयर बजार मंगलबार पनि सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ को विन्दुमा बन्द भएको छ।

आज ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आज १०९ कम्पनीको सेयर मुल्य बढेको छ भने १२७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै गराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै ज्योति विकास बैंक बण्ड ८७ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशलमव ५० प्रतिशतका दरले गुमाएका हुन् ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको ९ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । तारागाउँ रेजेन्सीको ७ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सर्वोत्तम सिमेन्ट ९ करोड ५७ लाख रुपैयाँ,तारागाउँ रिजेन्सी होटेल ७ करोड ४८ लाख रुपैयाँ,एनआईएमबी डिबेन्चर ६ करोड २ लाख रुपैयाँ,सूर्यज्योति लाइफ ५ करोड ५४ लाख रुपैयाँ,शिवम सिमेन्ट ५ करोड ५३ लाख रुपैयाँ,माउन्टेन इनर्जी ४ करोड ६३ लाख रुपैयाँ, सोनापुर मिनरल्स ४ करोड ४८ लाख रुपैयाँ,पिपुल्स पावर ३ करोड ८४ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ३ करोड ८४ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १५:२५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।