काठमाडौं । सुनको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३२ हजार ३५० कायम छ । यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो भने सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय १० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया