काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम र पिओएस सेवा केही समयको लागि अवरूद्ध हुने भएको छ ।
बैंकको मास्टर कार्ड सर्भरमा नियमित मर्मतसम्भार कार्य गर्नुपर्ने भएकोले आज (बुधबार) राति ११:३० बजेदेखि भोलि बिहिबार १:३० बजेसम्म बैंकको एटिएम र पिओएस उपकरणहरूमा मास्टर कार्ड एक्वेरिङको सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।
यस कार्यबाट ग्राहकहरूमा पर्न जाने असुविधाप्रति बैंकले क्षमा मागेको छ ।





















प्रतिक्रिया