Logo

अर्थ

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य आज घटेको छ । आज सुनकाे मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

शुक्रबार छापावाल सुनकाे मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा काराेबार भइरहेकाे छ । बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ३४ हजार रुपैयाँ कायम हुँदै रेकर्ड बनाएको थियो ।

यस्तै, शुक्रबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ११:३३   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।