काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपको अन्तिम खेलमा बरोडा क्रिकेट एसोसिएसनविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
गुजरातको वापीमामा बरोडाले टस जितेर पहिला ब्याटिङ गर्ने भएको हो । मुख्य प्रशिक्षक मोन्टी देसाईंले बरोडाविरुद्धको खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिएका छन् ।
उनको स्थानमा दीपेन्द्रसिंह ऐरीले टोलीको कप्तानी गर्ने भएका छन् । यस्तै, सोमपाल कामी, अभिनास बोहरा र आशिफ शेखलाई पनि आराम दिइएको छ ।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी (कप्तान), ललित राजवंशी, करण केसी, प्रतिश जिसी र आकाश चन्द ।
बेन्च : रोहित पौडेल, आसिफ शेख, सोमपाल कामी र अभिनाश बोहरा




















प्रतिक्रिया