Logo

खेलकुद

एसीसी प्रिमियर कप : नेपाललाई पराजित गर्दै यूएई फाइनलमा



काठमाडौं । नेपाललाई पराजित गर्दै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न खेलमा यूएईसँग नेपाल ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको यूएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै १२३ रन बनायो ।

यूएईका अलिशान शराफुले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए । ४१ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । विष्णु सुकुमारन २८, सैय्यद हैदर १४ र मोहम्मद वासिम ११ रनमा आउट हुँदा आयान अफजल खान २ रनमा अविजित रहे ।

नेपालका गुल्शन झाले सर्वाधिक २ विकेट लिए । सोमपाल कामी र ललितनारायण राजवंशीको नाममा १/१ विकेट रह्यो।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १४:५९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।