Logo

प्रमुख समाचार

धनकुटामा माइक्रो बस दुर्घटना, १९ जना घाइते



धनकुटा ।  धनकुटामा गएराती माइक्रो बस दुर्घटना भएको छ ।

काठमाण्डौबाट संखुवासभा तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं काे माइक्रो बस राति २:१५ बजे तिर धनकुटा नगरपालिका ९ मुलघाट-रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी १९ जना घाइते भएका  छन् । उनीहरु सबैको उद्दार गरी  ९ जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र बाँकीलाई जिल्ला अस्पताल धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।  उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ  ।

घाइतेमध्ये केहीको उपचार पछि डिस्चार्ज भइसकेको मुलघाट प्रहरी चौकीले जनाएको छ । अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको माइक्रो बस निकाल्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार १५:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।