हिजो रातिदेखि युएईमा महिलाहरुको क्रिकेट प्रतियोगिता वुमन्स टी–२० च्यालेञ्जसुरु भएको छ ।
गतराति भएको पहिलो खेलमा मिथली राज कप्तान भएको टोली भेलोसिटीले जित हात परेको छ । भेलोसिटीले हर्मी कौरको कप्तानीमा रहेको सुपर नोभालाई ५ विकेटले पराजित गरेको हो । शारजहाँमा टस हारेर पहिले ब्याटिङ गरेको सुपरनोभाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनाएको थियो । सुपरनोभाका लागि चमारी अट्टुपट्टुले सर्वाधिक ४४ रन बनाइन् । यस्तै कप्तान कौरले ३१ रन जोडिकी थिइन् ।
सुपरनोभाले दिएको १२७ रनको लक्ष्य भेलोसिटीले एक बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गरेको थियो । । भेलोसिटीलाई जित दिलाउन सुने लुसले आक्रामक ब्याटिङ गर्दै २१ बलमा अविजित ३७ रन बनाइन् । उनले ४ चौका र १ छक्का प्रहार गरेकी थिइन् । टप अर्डर सस्तैमा आउट हुँदा भेलोसिटीको मिडल अर्डरले राम्रो ब्याटिङ गरेको थियो । भेलोसिटीका लागि विकेटकिपर सुस्मा बर्माले ३४ र भेदा कृष्णमुर्तीले २९ रन योगदान गरिन् । सुपरनोभाका लागि अयोबोङ्गा खाकाले २ विकेट लिइन् ।
सुपरनोभालाई सस्तैमा समेट्नका लागि भेलोसिटीका तर्फबाट एकता विष्टले ३ तथा जहनारा आलम र लेइघ कास्परेकले २–२ विकेट लिइन् ।
राउण्ड रोबिनको आधारमा खेलाइएको प्रतियोगितामा तीन टिमले सहभागी जनाएका छन् । प्रत्येक टोलीले एक अर्कासँग खेल्ने छन् र शीर्षमा रहेको दुई टोलीले फाइनलमा प्रतिश्पर्धा गर्नेछन् । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्त्यतिर आउँदै गर्दा महिलाहरूको क्रिकेट प्रतियोगिता खेलाइएको हो ।




















प्रतिक्रिया