एजेन्सी । मित्रता बनाउन गाह्रो छैन । मित्रता जोगाउन चाहिँ गाह्रो छ। प्रेम खोज्न गाह्रो छैन, प्रेममा रहन गाह्रो छ। डेटिङको यो जमानामा सबैभन्दा सजिलो कुरा पहिलो डेटमा जानु र सबैभन्दा गाह्रो काम दोस्रो डेटमा जानु हो ।
डेटिङ एपहरूमार्फत डेटिङमा जाने धेरैजनाहरूकाे पहिलाे डेट नै अन्तिम डेट बनिदिन्छ । पहिलाे डेट कसरी राम्राे र प्रभावकारी बनाउने भनेर मान्छेहरू पूर्व तयारी पनि गर्छन् । धेरैजसो मानिसहरूले गुगलमा पहिलो डेटमा कसरी राम्रो प्रभाव पार्ने भनेर आइडिया खाेजिरहेका हुन्छन्। तर दोस्रो डेटमा कहिले र कसरी जाने भनेर सायदै कसैले खाेज्दैन ।
लाइफ कोच चार्ल्स गोडविनले आफ्नो पुस्तक ‘डेटिङ एटिक्टेड एन्ड म्यानर्स’ मा लेखेका छन् , सम्बन्धको ‘रेड सिग्नल’ जस्तै डेटिङका पनि केही ‘रेड सिग्नल’ हुन्छन्।
आज हामी डेटिङको ‘रेड सिग्नल’ बारेमा कुरा गर्नेछौं । एक व्यक्तिसँग दोस्रो डेटमा कहिले जाँदा सम्बन्ध बलियाे हुन्छ र कहिले जानु हुँदैन भन्ने प्रश्न बढी महत्त्वपूर्ण छ।
पहिलो डेट त सम्बन्धकाे सुरुवात मात्र हो । पहिलो डेट प्रारम्भिक भेट हो। एकअर्कालाई चिन्न थालेपछि मात्रै वास्तविक सम्बन्धले आकार लिन्छ। तर यदि कसैले पहिलो भेटमा नै निम्न संकेत दिन्छ भने तपाईंले उसँग दोस्रो डेटमा जानबाट जोगिनु पर्छ।
बिना जानकारी ढिलाे आउँछ भने
कुनै पनि समयमा आगमनमा ढिलाइ हुन सक्छ। अचानक कुनै महत्त्वपूर्ण काम पर्न सक्छ । कोही बिरामी पर्न सक्छ । सडकमा सानो दुर्घटना हुन सक्छ । साथी संकटमा पर्न सक्छ। डेटमा समयमा नआउनुको यी वैध कारणहरू हुन् ।
तर आफ्नो आगमन ढिलो हुने जानकारी नदिई अर्कालाई पर्खिन लगाउनु, त्यो पनि मोबाइलको जमानामा चाहिँ औचित्यहिन कुरा हाे । कुनै खास कारणले ढिलाइ भएको जानकारी दिने सन्देश पठाउन कति नै समय लाग्छ र ?
यस्तो अवस्थामा जानकारी नदिनु वास्तवम गैरजिम्मेवारपूर्ण मनोवृत्ति हो । यस्तो व्यवहार एक समझदार वयस्कबाट अपेक्षा गरिएको हुँदैन। त्यसैले, पहिलो डेटमा कसैले नभनी ढिलो आएर धेरै बेर पर्खाइ राख्यो भने त्यो ‘रेड सिग्नल’ हो ।
कुरा गर्दै गर्दा निरन्तर आफ्नो फोन चलाउन थाल्छ भने ..
तपाईं डेटमा हुनुहुन्छ। तपाईं आफ्नो अनुभव वा कामसँग सम्बन्धित केही कुराहरू धेरै गम्भीरतापूर्वक बताउनुहुन्छ र त्यसपछि तपाईंको अगाडिको व्यक्तिले आफ्नो फोन चलाउँन थाल्छ वा टाउको हल्लाउँदै कसैलाई म्यासेज गर्न थाल्छ। उसलाई तपाईँमा चासो छैन वा ऊ अटेंन्शन डिफिसिट डिसऑर्डर भएको मान्छे हो ।
कुनै पनि अवस्थामा यो सम्बन्धमा ‘रेड सिग्नल’ हो। तपाईं र तपाईंको समय, दुवै मूल्यवान छन्। आफनो समय समान रूपमा प्रतिक्रिया नदिने व्यक्तिलाई होइन । समय र ध्यान दुबै बराबर दिने व्यक्तिलाई दिनुहोस् ।
वेटर प्रति विनम्र हुनु….
मानिसले आफूभन्दा कमजोर मानिसहरूलाई कस्तो व्यवहार गर्छ भन्ने कुराले उसको मानवता निर्धारण गर्छ। प्रश्न यो होइन कि तपाईँको व्यक्तिले तपाईँलाई कति माया र सम्मान गर्यो। प्रश्न यो हो कि उसले वरपरका सबैप्रति सम्मानजनक व्यवहार गर्याे कि गरेन। यदि कसैले ट्याक्सी चालक, अटो ड्राइभर वा रेस्टुरेन्ट वेटरसँग असभ्य व्यवहार गर्छ भने उसले तपाईँसँग पनि असभ्य व्यवहार गर्न सक्छ । त्यसैले त्यस्ता व्यक्तिसँग तपाईंको सम्बन्ध छुट्नु नै राम्राे हुन्छ ।
धेरै व्यक्तिगत प्रश्नहरू सोध्नु….
याद गर्नुहोस्, यो पहिलो डेट हो। धेरै व्यक्तिगत प्रश्नहरू सोध्नु वा पहिलो भेटमा व्यक्तिगत विवरणहरू पत्ता लगाउन प्रयास गर्नु भनेको व्यक्तिले व्यक्तिगत सीमाहरूको सम्मान गर्दैन भन्ने संकेत हो। यस्तो व्यवहार गर्छन् भने तिनीहरूबाट टाढा रहनु राम्रो हो।
आफ्नो बारेमा मात्र कुरा गर्नु……
यदि तपाईँको व्यक्तिले आफ्नो बारेमा मात्रै कुरा गर्छ । उसको समस्याको बारेमा चर्चा गर्छ । उसको उपलब्धिहरूको गणना गर्छ । उसको समस्याको बारेमा बताउँछ र तपाईँको बारेमा जान्न कुनै चासो देखाउँदैन भने, बुझ्नुहोस् कि ऊ नार्सिस्टिक व्यक्तित्व विकारको शिकार भएको छ ।
पिउन नमान्दा पनि पिउन बाध्य बनाउनु…..
डेटमा, कसैले तपाईंलाई पेय पदार्थ पिउन प्रस्ताव गर्न सक्छ । तपाईंलाई पिउनको लागि सोध्न सक्छ । तर तपाईंलाई जबरजस्ती पिलाउनु राम्राे हाेइन । यदि कसैले दुई पटक भन्दा बढी तपाईँलाई पेय पदार्थ पिउन भन्याे भने वा अस्वीकार गर्दा पनि पटक पटक जिद्दी गर्छ भने, सम्झनुहोस् कि तपाईँले त्यो व्यक्तिलाई फेरि भेट्नु राम्राे पक्कै हाेइन।
पहिलो भेटमा नै आफ्नो दु:खहरु प्रकट गर्नु……
पहिलो डेट औपचारिक भेट मात्र हो। पहिलो भेटमा, यदि कसैले आफ्नो, आफ्नो परिवार वा आफ्नो विगतको बारेमा धेरै व्यक्तिगत र कमजोर विवरणहरू साझा गर्न थाल्छ भने, उसले तपाईंलाई धेरै विश्वास गरिरहेको छ भनेर नसम्झनुहोस्।
यसको मतलब व्यक्तिको व्यक्तिगत सीमाहरू धेरै कमजोर छन्। सामाजिक चेतनाको पनि कमी छ . यस्तो व्यक्तिसँगको मित्रता एक फरक प्रकारको मानसिक समस्या हुनेछ। समय बर्बाद नगरी त्यहाँबाट बाहिर जानु उपर्युक्त हुनेछ।
आफ्नो एक्सको बारेमा नराम्रो कुरा गर्नु
सम्बन्धमा यो सबैभन्दा ठूलो रेड सिग्नल हाे। यदि ब्रेकअपपछि कसैले आफ्नो र उसको एक्सको बारेमा नराम्रो कुरा गरिरहेको छ वा पहिलो भेटमा आफ्नो र उसको व्यक्तिगत, कमजोर विवरणहरू तपाईसँग साझेदारी गर्दैछ भने, यसको मतलब उ राम्रो व्यक्ति होइन। यो त्यस्तो व्यवहार हो जुन कुनै पनि हालतमा स्वीकार्य हुँदैन।
शंकास्पद व्यवहार
आफ्नो बारेमा घमण्ड गरेर कुरा गर्नु, मसँग यति धेरै पैसा छ, बंगला छ, गाडी छ, मसँग त्यत्ति छ, यस्ता कुराहरू भन्नु पनि एक प्रकारको शंकास्पद व्यवहार हो ।
यदि कसैको बोलीबाट उसले झूट बोलेको, गलत जानकारी दिएको वा उसँग कुरा गर्दा आफूलाई असुरक्षित महसुस भइरहेको छ भने उसँग दोस्रो डेटमा जानु हुँदैन ।


















प्रतिक्रिया