Logo

अर्थ

नबिल बैंकले ल्यायो ‘नबिल ज्येष्ठ बचत खाता’



काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल ज्येष्ठ बचत खाता’ सञ्चचालनमा ल्याएको छ । तीन वटा बीमा सुविधासहित बचत खाता सञ्चालनमा ल्याएको नबिल बैंकले जनाएको छ ।

यस खातामा आबद्ध हुने ग्राहकले १३ घातक रोग औषधोपचार बीमा बापत तीन लाख रुपैयाँ, मृत्यु बीमा बापत ७५ हजार रुपैयाँ र प्राणघातक रोगकाे कारण मृत्यु बीमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउने बैंकले जनाएकाे छ ।

स्विफ्ट ट्रान्सफर/डिमान्ड ड्राफ्टमा ५० प्रतिशत छुट उपलब्ध हुने बैंकले जनाएको छ । त्यसैगरी यस खातामा निःशुल्क मोबाइल बैंकिङकाे सुविधा पाउन सकिने छ ।

‍लक्करको सुविधा पनि रहेको यस खातामा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । ३.१५ प्रतिशतको ब्याजदर रहेको नबिल ज्येष्ठ बचत खाता निशुल्क खाेल्न सकिन्छ ।

बैंक सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याइएको यस ज्येष्ठ बचत खाताले ग्राहक वर्गका आवश्यकता पुरा गर्ने विश्वास बैंकले गरेको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार १३:३३   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।