Logo

अर्थ

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको तीन हजार २११ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।

संस्थापक सेयरधनीहरूले किन्न नचाहेपछि उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सो सेयर किन्न इच्छुकले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।

बिक्रीमा राखिएको सेयरको मूल्यभने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आईतवार १०:१६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।