Logo

अर्थ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य थप वृद्धि भएको छ । आज सुनकाे मूल्य १ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार १ लाख ४४ हजार ४ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लाे दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार ११:२४   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।