Logo

अर्थ

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं । आज सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आइतबार एकै दिन तोलामा १ हजार रुपैयाँले बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।

आज सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आइतबार तोलामा २० रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८७० रहेकोमा आइतबार १ हजार ८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आईतवार ११:०२   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।