Logo

अर्थ

राष्ट्रिय वाणिज्य बैंककाे शैक्षिक कर्जा सार्वजनिक, १ करोड रुपैयाँसम्म ऋण पाइने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा योजना सार्वजनिक गरेको हाे ।

यस ‘आरबीबी शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले रु. ५ लाखदेखि १ कराेडसम्मकाे कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ ।

 

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार १५:०६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।