Logo

अर्थ

१२७ अंकले बढ्यो सेयर बजार, १३ अर्ब १० करोडको काराेबार



काठमाडौं । सोमबार सेयर बजार १२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८२३ अंकमा कायम भएको छ ।

आज १३ अर्ब १० करोडको काराेबार भएको छ । आज सबै क्षेत्रका सूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढेकाे छ ।

आज २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको ४१ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज नेशनल हाइड्रोपावर, वेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार १५:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।