काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक ९०.७३ अंक घटेर २७३९ अंकमा कायम भएको छ ।
आज १२ अर्ब ९२ करोडको काराेबार भएकाे छ । ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घटेकाे छ भने एकको स्थिर रहेकाे छ ।
सबै क्षेत्रका सूचक घटेका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाखको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २९ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कुमारी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया