Logo

अर्थ

सेयर बजारमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार



काठमाडौं। आज साताको दोस्रो दिन सेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९ को विन्दुमा कायम भएको छ । आज १४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६८३ को खरिद बिक्री भएको छ ।

आज हिमालयन हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ९.८४ प्रतिशतले बढेको छ । त्यस्तै, आज गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड र इस्टर्न हाइड्रोको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज नेपाल फाइनान्सको सबै भन्दा बढी २१ करोड १३ लाख ४२ हजार ७३२ बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार १५:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।