Logo

अर्थ

सामाजिक सञ्जालका विश्लेषण हेरेर लगानी नगर्न नेप्सेको अनुरोध



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामाजिक सञ्जालका विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्न अनुरोध गरेको छ ।

सोमबार सूचना जारी गर्दै नेप्सेले आधिकारिक विश्लेषक कोही नभएकाले सामाजिक सञ्जाल हेरेर लगानी नगर्न अनुरोध गरेको हो । नेप्सेले नेपालमा कुनै पनि निकायबाट कोही पनि बजार विश्लेषकको रूपमा दर्ता नभएको बताएको छ ।

फेसबुक, ट्विटर, युट्युब लगायतका सामाजिक सञ्जालमा आउने विश्लेषणले लगानी जोखिममा पर्न सक्ने भन्दै नेप्सेले लगानीकर्तालाई सचेत गराएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार १६:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।