काठमाडाैं । चीनकाे प्रमुख इलेक्ट्रिक गाडी निर्माता एक्सपेङको जी६ मोडलले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको छ । यूरो एनक्यापले गरेको सुरक्षा जाँचमा जी६ ले यस्तो उपलब्धी हासिल गरेको हो
२०२३ मा चीनमा लन्च गरिएको यो एक्सपेङको जी६ हालै नेपाली बजारमा सार्वजनिक भएकाे छ । नेपालमा यो ईभीलाई सिजी मोटर्सले बिक्री गर्दै आएको हो ।
सुरक्षा परिक्षणमा अवलम्वन गरिएका चारवटै विधामा एक्सपेङले उत्कृष्ट नतिजा हाल पारेको कम्पनीले जनाएको छ ।
कारले चाइल्ड, एडल्ट, रोड यूजर र सेफ्टि एसिस्टमा क्रमश ८८, ८५, ८१ र ७५ प्रतिशत नतिजा पाएकाे हो । ब्याट्री सुरक्षाका हिसावले समते एक्सपेङका ईभीहरु मबजुत मानिन्छन् ।
चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङ जी६ मा संसारकै उत्कृष्ट एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम(एडास) र ९–डायमेन्सन ब्याट्री सेफ्टी सामेल गरिएको छ ।
एक्सपेङ जी६ ले गाडीको पावर स्रोतको सुरक्षा सुनिनिश्चित गर्न ब्याट्री सुर क्षामा पनि उच्च प्राथमिकता दिएको बताएको छ ।
एउटा भेरिएन्टमा मात्रै उपलब्ध जी६ को मूल्य नेपाली बजारमा ८४ लाख ९९ हजार रुपैँया तोकिएको छ । याे ५ स्टार रेटिङसँगै जी६ ले एक्सपेङकाे अत्याधुनिक र दिगाे सुरक्षा प्रविधि भएकाे गाडीहरु नेपाल भित्र्याउने याेजनालाई बलियाे बनाएकाे छ ।




















प्रतिक्रिया