काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम गरेकाे छ । मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया