Logo

अर्थ

पारस खड्का दीपालको ब्रान्ड एम्बेसडर नियुक्त



काठमाडौं । विद्युतीय सवारी (ईभी)ब्रान्ड दीपालको ब्रान्ड एम्बेसडरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव एवम् पूर्वकप्तान पारस खड्का नियुक्त भएका छन् ।

दीपालको आधिकारिक बिक्रेता एमएडब्लू वुद्धिले मंगलबार खड्कालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले खड्कालाई दिपाल एस७ ईभी हस्तान्तरण पनि गरेको छ । एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले खड्कालाई एम्बेसडरमा नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गरे ।

उनले दीपालको गुणस्तर, सहजता, र किफायिताले यो महत्त्वपूर्ण गाडी भएको उल्लेख गरे । दीपाल पारिवारिक गाडी समेत भएका कारण आफूले यसलाई रुचाएको उनले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार १६:५९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।