Logo

अर्थ

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा



काठमाडौं । सुपर मादी हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर घोषणा गरेको हो । साथै सो बोनस सेयरको कर प्रयोजनका लागि नगद लाभांश पनि छुट्याएको छ ।

कम्पनीले कात्तिक ५ गतेका लागि साधारणसभा बोलाएको छ । साधारणसभाका लागि असोज १८ गते बुक क्लोजको मिति तय गरेको छ । असोज १७ गतेसम्म सेयर होल्ड वा खरिद गरेका लगानीकर्ता साधारणसभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन् ।

कम्पनीले ताप्लेजुङ जिल्लामा निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजनामा लगानी गर्न हकप्रद निष्कासन गर्ने जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार ११:१२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।