Logo

अर्थ

दसैँपछि खुलेको सेयर बजारमा हरियाली



काठमाडौं । दसैँपछिको पहिलाे कारोबार दिन सेयर बजारमा हरियाली छाएकाे छ। नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ को विन्दुमा कायम भएको छ ।

आज ३०७ कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार ७९९ रुपैयाँको सेयर कारोबार भएको छ । आज २०५ कम्पनीको सेयरमूल्य बढेको छ भने ३२ कम्पनीको सेयरमूल्य घटेको छ । बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा बढेको छ भने एउटा मात्रै घटेको छ।

आज उत्पादन तथा प्रशोधन समूहबाहेक अरु सबै बढेको छ। आज वित्त समूह सर्वाधिक ४.६१ प्रतिशतले बढेको छ। जानकी फाइनान्स र मिथिला लघुवित्तको सेयरभाउ १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। मल्टीपर्पस फाइनान्सको सेयरभाउ ९ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार १५:२९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।