Logo

अर्थ

एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार  बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ प्रतिशत र संस्थागततर्फ ५.९९ प्रतिशत ब्याजदर कायम गरेको छ । अघिल्लो असोज महिनामा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि अधिकतम ५.२७ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । अघिल्लो महिनामा पनि बैंकको यही ब्याजदर कायम थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार ०९:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।