Logo

अर्थ

ग्लोबल आइएमई बैंकको ब्याजदर कात्तिकमा पनि स्थिर



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चार महिनादेखि ब्याजदर स्थिर राखेको छ । कात्तिक १ गतेदेखि लागू हुने मुद्दती निक्षेपको ब्याजदरमा बैंकले पुरानै ब्याजदरलाई निरन्तरता दिएको हो ।

बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्स खातातर्फ ७.२५ प्रतिशत ब्याजदर कायम राखेको छ ।

यस्तै बैंकले साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत र ग्लोबल रेमिट बचत खातामा ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार ०९:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।