काठमाडौं । नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बैंकले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको ‘निफ्रा ऊर्जा ऋणपत्र ६प्रतिशत (२०८८/८९)’ नामको कूल ५०,००,००० कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
उक्त सम्झौता पत्रमा निष्कासन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।




















प्रतिक्रिया